बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना: उद्धार हुँदै (तस्वीरहरू)

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना: उद्धार हुँदै (तस्वीरहरू)


  • ढोरपाटन संवाददाता
  • माघ १ २०७९, आइतबार

पोखरा / पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा चालक दलसहित ७२ यात्रु सवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन-एसीएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारमा दुर्घटना भएको हो । पोखरा अन्तर्राष्टिय विमानस्थलले उद्धार कार्य जारी रहेको र घटनामा के कति क्षति भएको एकिन हुन बाँकी रहेको जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार खोंचमा खसेको जहाजबाट  ३० जनाको शव निकालिएको छ। जहाजको लगभग ८० प्रतिशत जलेकाले कोही जिवित भेटिने सम्भावना नरहेको उनले बताए।बिहान १२ बजेसम्म जहाजमा लागेको आगो निभाउन सकिएको छैन। उद्धार कार्य जारी रहेको कास्की प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->