शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान किन भयो झापामा अवतरण ?

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान किन भयो झापामा अवतरण ?


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०७९, शुक्रबार

पोखरा / बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्रीएयरलाइन्सको विमान झापाको चन्द्रगढी एयरपोर्टमा अवतरण गरेको छ ।

शुक्रबार बिहान करिब ७:३० बजे उडेको उक्त एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो ।

चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन ।

श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।

‘काठमाडौंमा ल्याण्ड हुन नसकेपछि अन्यत्र कहीँको एयरपोर्ट खुलेको थिएन । हाम्रोमा मात्र खुलेको थियो । त्यही भएर यहाँ अवतरण भएको हो ‘ एयरपोर्ट श्रोतले भन्यो ।

उक्त विमान ८०-८२ सीटको भएको बताइएको छ । बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->