बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिटिजन लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सको मृत्यु दावी भुक्तानी


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०७९, शुक्रबार

बागलुङ/ सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि. बागलुङ शाखाले बीमितको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको छ । बागलुङ नगरपालिका–११ रायडाँडाका मृतक चन्द्र बहादुर केसीको परिवारलाई मृत्यु दावी बापतको बीमा रकम हस्तान्तरण गरिएको हो ।

केसीको २०७९ कार्तिक २१ गते उपचारको क्रममा मृत्यु भएको थियो । उनको परिवारलाई उपचार खर्च, मुत्यु दाबी, काजक्रिया खर्च र बोनस गरी एकमुष्ठ २४ लाख ४१ हजार ३ सय १९ रुपैयाँ हस्तान्तरण गरिएको शाखा प्रमुख कमला शर्माले बताइन् ।

मृतक केसीकी श्रीमती पबिता केसीलाई रकम प्रदान गरिएको हो । बागलुङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको उपस्थितिमा मृतकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->