गोरखा / १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा सिरानचोक गाउँपालिका-४ आरुबोटका ६० वर्षीय रमेश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई फकाइफुलाई पुस २० गते बलात्कार गरेको जाहेरी परेपछि पोखरेललाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको हो ।
शुक्रबार आरोपितविरुद्ध जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।





