बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोरखाका उद्यमीलाई मन्त्री जुग्जालीले गरे प्रविधि हस्तान्तरण

गोरखाका उद्यमीलाई मन्त्री जुग्जालीले गरे प्रविधि हस्तान्तरण


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०७९, सोमबार

गोरखा / गोरखाका उद्यमीहरुलाई आइतबार प्रविधि हस्तान्तरण गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय गोरखाले आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्यमीहरुलाई उपकरण वितरण गरे ।

दलित विपन्न तथा पराम्परागत सीप भएकाहरुको व्यवसाय विकासको उपकरण र प्रविधी हस्तान्त्रण अन्तरगत १२ तथा चालू उद्योगको प्रर्वद्धनका लागि साझेदारीमा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत १७ जना उद्यमीहरुलाई उपकरण हस्तान्तरण गरिएको हो ।

१४ थान डिजिटल सिलाई मेसिन, २ थान चाप कटर, १ थान सानो चापकटर, ३ वटा कम्बाईन मिल, १ डोमेस्टिक फ्लोर मिल, २५० वटा नेपाली हाते कागज बनाउने काठको फ्रेम, १ थान डि फ्रिज, एक सेट ब्याट्री र ईन्भटर तथा ३ वटा ढाकाको कपडा बुन्ने हाते तान वितरण गरिएको पर्यटन तथा उद्योग कार्यालय गोरखाका कार्यालय प्रमुख सुर्य भुजेलले जानकारी दिए ।

उनका अनुसार स्थानीय सिप र प्रविधिमा आधारित उद्यमको विकासका लागि लागत घटाउन र उत्पादन बढाउन वार्षिक कार्यक्रम अन्तरगत आवेदन संकलन गरि छनौट भएका उद्यमीहरुलाई अनुदानमा प्रविधि हस्तान्तरण गरिएको हो ।

उपकरण वितरण गर्दै मन्त्री जुग्जालीले औजारको सदुपयोग गरि व्यवसाय सञ्चालन, रोजगारी सिर्जना र आत्मनिर्भर बन्न उद्यमीहरुलाई आग्रह गरे । उत्कृष्ट उद्यमीलाई प्रदेश सरकारले आगामी दिनमा प्रोत्साहन र सघाउने प्रतिवद्धता जनाए ।

यसैविच, मन्त्री जुग्जालीले आइतबार डिभिजन वन कार्यालय गोरखा र तनहुँको निरिक्षण गरेका छन । कार्यालय प्रमुखहरुले कार्यालयका गतिबिधिका बारेमा जानकारी गराए । मन्त्री जुग्जालीले चालु आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनमा तिब्रता दिन र सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->