बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने

रुपा तालको शिर हजुर गीत सार्वजनिक ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १६ २०७९, मंगलबार

पोखरा/ फागुन २१ देखि २३ गतेसम्म १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । रुपा गाउँपालिका वडा नम्बर ६ र पोखरा ३१ को संगमथलो तालबेसीमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराए । रंगहरुको पर्व होलीको अवसरमा वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उनले बताए । तालबेसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले तालबेसीको विकासमा प्रतिबद्ध भएको बताए । उनले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन दिए ।

आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर…’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेखेका हुन् । धनबहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो ।कलाकार एवम् म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->