गोरखा/ गण्डकी प्रदेशका सभामुख माननीय कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सक्ने हो भने शिक्षाको विकास हुने बताएका छन् । शहीद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर बोल्दै सभामुख धितालले भने,‘वर्तमान समयमा गाउँहरु रित्तो हँुदै जाने र विद्यालयमा विद्यार्थी घट्दै जानुले गाउँका विद्यालयहरु धरासायी बनेका छन’ ।
दक्ष जनशक्ति पलायन आजको मुख्य समस्या भएको बताउँदै शिक्षाको लागि विद्यालयहरुमा भैतिक प्रगति राम्रो देखिएपनि गुणस्तरीय शिक्षामा वृद्धि हुन नसकेको उनको भनाइ थियो । गाउँहरुमा रोजगारीको अभाव पनि बसाइँसराइको मुख्य कारक भएको बताउँदै धितालले भने,‘शिक्षा पाएपछि आफै स्वरोजगार हुने र स्वदेशमै केही गर्ने जनशक्तिको अभाव छ । गाउँमा राम्रो शिक्षाको पहुँच नहुँदा बसाइँसराइ अध्ययनको लागि विदेशिनेहरुको संख्या बृद्धि हुँदै गएको छ, यो समस्या शिक्षाको ठूलो समस्याको रुपमा हामीले लिनुपर्छ ।’





