पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट नियमित रुपमा रात्रिकालीन उडान हुने भएको छ ।
विमानस्थलमा उपकरणका आधारमा विमान उडान÷ अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ गतेदेखि नै आइएफआर प्रणाली लागू भएको थियो । हाल विमानस्थलबाट बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएको छ । अब भने अआवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान हुने विमानस्थल प्रम््ख विक्रम गौतमले जानकारी दिए ।
उनले अहिले पनि विमानस्थल मध्यरातसम्म खुला नै रहने बताए । बिहीबार साँझ पोखराका लागि काठमाडौँ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्धका चारवटा जहाज रात्रिकालीन उडान गर्ने उनले बताए । ती विमानहरु अब रातमा पोखरामै रहने छन् ।





