बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थीको तालाबन्दी

धवलागिरि बहुमुखी क्याम्पसमा विद्यार्थीको तालाबन्दी


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७९, शुक्रबार

बागलुङ/ फर्जि परिचयपत्र भेटिएको भनि धवलागिरि बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिदै गर्दा निर्वाचनको वातावरण विथोलिएको र फर्जि परिचयपत्र भेटिएकोले एक जना सहायक क्याम्पस प्रमुखको हस्ताक्षर हुने गरी परिपत्रपत्र जारी गर्न अनेरास्ववियुका धवलागिरि बुहुमुखी क्याम्पसका इकाइ अध्यक्ष अनिल शर्मा, अखिल क्रान्तिकारीका धवलागिरि बुहुमुखी क्याम्पसको इकाइ अध्यक्ष खिमानन्द कँडेल विकास, अखिल क्रान्तिकारी बहुमत का धवलागिरि बहुमुखी क्याम्पसका इकाइ अध्यक्ष दिवश खड्का, अखिल क्रान्तिकारीका धवलागिरि बहुमुखी क्याम्पस इकाइ अध्यक्ष सुदन विक विप्लव र अखिल संयुक्त प्यानलका प्रविण सापकोटाले एक वक्तव्य मार्फत माग गरेका छन् ।

स्ववियु निर्वाचन घोषणापछि क्याम्पस प्रशासनले भर्ना गरेका नयाँ विद्यार्थीहरुको विषयमा छानविन गर्न पनि माग गरेका छन् । क्याम्पसका कतिपय प्राध्यापक र कर्मचारीहरुले निर्वाचनलाई प्रभाव पार्ने गरी अवांछित गतिविधिहरुमा संग्लन्न भएको वक्तव्यमा उल्लेख छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन निष्पक्ष र शान्तिपुर्ण ढंगले सम्पन्न गर्नको लागि क्याम्पस प्रशासनले फर्जि परिचयपत्रको छानविन गरी असंम्बन्धित विद्यार्थीहरुलाई मतदाता सुचिबाट हटाउनु पर्ने र क्याम्पस प्रशासनले निर्वाचन प्रयोजन लागि सहायक क्याम्पस प्रमुखको एकल हस्ताक्षर भएको अस्थायी परिचयपत्र जारी गर्नु पर्ने विद्यार्थी नेताहरुले बताए ।

विद्यार्थी संगठनहरुले राखेका विभिन्न मागहरुको विषयमा भोलि बैठक बसि समाधान खोजिने, निर्वाचन शान्तिपुर्ण ढंगले सम्पन्न गर्ने कार्यक्रम रहेको र यसको लागि सबैको सहयोग आवश्यक भएको क्याम्पस प्रमुख डा. रामप्रसाद उपाध्यायले बताए । आज निर्वाचन समितिले मनोनयनको फर्म वितरण गर्ने कार्यतालिका रहेको छ । फागुन २७ गते शनिबार उम्मेदवारी दर्ता र चैत्र ५ गते मतदानको कार्यक्रम रहेको क्याम्पस प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->