बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कांग्रेस सांसद टेकबहादुरलाई १ करोड २२ लाख जरिवाना

कांग्रेस सांसद टेकबहादुरलाई १ करोड २२ लाख जरिवाना

जेल सजायबाट बचे ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०७९, शुक्रबार

पोखरा/ भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई कैद सजाय नहुने भएको छ ।

बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना सुनाएको हो । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । यो मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषी ठहर गरेको छ। अदालतले गुरुङलाई थप त्यति नै बिगो भराउने पनि फैसला गरेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन् । मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन् ।

यस्तै बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै बिगो असुल गर्ने फैसला भएको छ । प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र न्यौपानेलाई जतिनै विगो र जरिवानाक, कुन्जव चौधरीको भने मृत्यु भइसकेकाले कैद र जरिवाना तोकिएको छैन। तर अरुलाई जति नै विगो भराउने फैसला भएको छ । हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ ।

रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद र विगो र जरिवाना अरुलाई जति नै भराउने फैसला भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->