पोेखरा/ गण्डकी प्रदेशका सांसद प्रकाश बराललाई पितृशोक परेको छ । उनका पिता लोकराज बरालको बिहीबार ८२ वर्षको उमेरमा आफ्नै निवास विरौटामा निधन भएको हो । उनी पुम्दीभुम्दीका स्थायी बासिन्दा हुन् ।
पूर्वशिक्षक समेत रहेका उनी वर्तमान राष्ट्रपति रामचन्द्र पौडेका मितसमेत हुन् । बनारस पढ्न बस्दा उनले राष्ट्रपति रामचन्द्रसँग मित लगाएका आफन्तसमेत रहेका नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सचिव ठाकुर बरालले जानकारी दिए । लोकराजका एक श्रीमतीसहित पाँच छोरा र तीनजना छोरीसहित नाति–नातिना रहेका छन् । एक श्रीमतीको भने पहिल्यै निधन भइसकेको छ । उनको पार्थिक शरीरको शुक्रबार सेतीनदी रामघाटमा अन्त्येष्टि गरिने कार्यक्रम छ ।





