बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मिसन ‘ग्रासरुट’ अभियान काठेखोलाको रेशमा

मिसन ‘ग्रासरुट’ अभियान काठेखोलाको रेशमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०७९, शनिबार

बागलुङ/नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत शनिवार काठेखोला-७ रेशमा वडा कमिटीको बैठक समपन्न भएको छ । वैठकमा सम्बोधन गर्दै मिसन ग्रासरुट अभियानका प्रदेश प्रतिनिधी एवं नेकपा एमाले प्रदेश कमिटीका सदस्य हरिनारायण गौतमले पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि एमालेले देशब्यापी रुपमा २ महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरिरहेको वताए ।

अभियानमा पार्टी कामको मुख्य केन्द्र वडा तह भएको वताउदै प्रदेश प्रतिनिधी गौतमले एमालेलाई एकतावद्ध, सुदृढ र ब्यापक जनतामा आधारित पार्टी बनाउने उद्घोष गरे । उनले अभियानमा कार्यकर्तालाई बैचारिक प्रशिक्षण, कार्यकर्ताको चेतनास्तरमा वृद्धि, सुदृढ संगठन, सदस्यता नविकरण , टोल कमिटी गठन, विस्तार र पूर्नगठन, जनवर्गिय संगठनको निर्माण लगायतका गतिविधि सञ्चालन गरिने वताए ।

वडा कमिटीका अध्यक्ष भूमीराज शर्माको अध्यक्षतामा समपन्न बैठकमा प्रदेश कमिटी सदस्य हरि वहादुर कुँवरले ग्रासरुट अभियानको उदेश्य र औचित्यमाथि प्रकाश पार्दै २ महिने यो अभियानमा सहभागी हुन र सक्रियतापूर्वक लाग्न कमिटीका सदस्यहरुलाई निर्देशन दिए । सो अवसरमा जिल्ला कमिटीका सदस्य भक्त वहादुर कुँवरले अभियानमा जनवर्गिय संगठन परिचालनका वारेमा जोड दिए ।

वैठकले आगामी चैत १ गते वडास्तरीय प्रशिक्षणमूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै सो कार्यक्रममा पार्टीका वडा र टोल कमिटीका सवै सदस्यहरु, जनवर्गिय संगठनका पदाधिकारीहरु, वडाभित्रका माथिल्लो कमिटीका सवै नेताहरु, पार्टीका संगठित सदस्यहरु सहभागी गराउने निर्णय गरेको वडा सचिव रामचन्द्र गौतमले जानकारी दिए ।

सो कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य एवं संघिय सरकारका पूर्व मन्त्री जगत वहादुर विश्वकर्मा, पार्टीका जिल्ला अध्यक्ष हिरावहादुर केसी, प्रदेश कमिटीका सदस्य गीता शर्मा र हरिनारायण गौतम, जिल्ला सदस्य प्रेम लामिछाने, पालिका अध्यक्ष डिल वहादुर कार्की लगायतले विषयगत प्रशिक्षण दिनेछन् ।

बैठकले सो अभिमुखीकरण कार्यक्रमलाई समपन्न गर्न वडा कमिटीका सदस्य र नेताहरुको कार्यविभाजन गरेको सचिव गौतमले जानकारी दिए । अतिथि सत्कार, खाजा ब्यवस्थापन, मञ्च व्यवस्थापन, टोल टोलमा छलफल लगायतका कार्यक्रम सञ्चालन गर्न विशेष जिम्मेवारी तोकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->