बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २८ २०७९, आइतबार

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ खा ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका–४ मा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । उनका अनुसार २४ जना घाइते भएका छन् । उनीहरूको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट लगिएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->