बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नागबेली तमु समाजको ३६ औं वार्षिक कार्यक्रम सम्पन्न

नागबेली तमु समाजको ३६ औं वार्षिक कार्यक्रम सम्पन्न


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २९ २०७९, सोमबार

पोखरा/ पोखरा ८ नागढुंगास्थित नागबेली तमु समाजको वार्षिक कार्यक्रम तथा स्योकैं सम्पन्न भएको छ।

नयाँबजारस्थित तमु धिं नेपालका आयोजित कार्यक्रमको प्रमुख अतिथि समाजका संस्थापक हर्कबहादुर गुरुङ र विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले उद्घाटन गरेका थिए ।

कार्यक्रममा जेष्ठ सदस्य सम्मान, उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कृत एवम सम्मान, आयोजित रमाइलो खेलमा विजयीलाई पुरस्कार वितरणका साथै वार्षिक स्योकैं कार्यक्रम सम्पन्न गरिएको छ।
समाजका अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हर्कबहादुर गुरुङ, विशिष्ट अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, समाजका पूर्वसचिव खेमबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समाजका उपाध्यक्ष रुद्रबहादुर घले स्वागत र सचिव खडग गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->