पोखरा/ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा संघ, प्रदेश र स्थानीय तहबाट आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित कार्यहरूको अर्ध वार्षिक समीक्षा गरेको छ । समीक्षा बैठकमा कास्कीका विभिन्न कार्यालयहरुले संचालनमा ल्याएका योजना तथा विकास निर्माणका कार्यहरूको समीक्षा गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले तीनवटै सरकारका कामहरूको सहजीकरणका लागि समीक्षा गोष्ठी आयोजना गरिएको बताए । पौडेलले निर्माणाधीन केही आयोजनाका गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको बताउँदै बदमासी नगर्न पनि आग्रह गरे । सो अवसरमा कास्कीका छनोट भएका कुल २२ वटा कार्यालयमध्ये २० वटाले आ–आफ्नो प्रस्तुति गरेका थिए । नेपाल विद्युत प्राधिकरण मालेपाटन र जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय कास्की भने कार्यक्रममा सहभागी थिएनन् । कास्किमा चालू आर्थिक वर्षको पहिलो छ महिनामा १५ प्रतिशतमात्र पूँजीगत खर्च भएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए ।





