बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भागबण्डा गरेर गलकोट क्याम्पसको स्ववियुमा भयो सर्वसम्मत

भागबण्डा गरेर गलकोट क्याम्पसको स्ववियुमा भयो सर्वसम्मत


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०७९, बिहिबार

बागलुङ / जिल्लाको गलकोट बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको सभापतिमा नेपाल विद्यार्थी संघका लोकेन्द्र गैरे निर्वाचित भएका छन् । क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनले सहमती गरेर गैरेलाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेका हुन् ।

स्ववियुको उपसभापतिमा नेवि संघका सुप्रिया गौतम, सचिवमा अखिल क्रान्तिकारीका गगन विश्वकर्मा, सहसचिवमा अनेरास्ववियुकी सुस्मा पन्त र कोषाध्यक्षमा अनेरास्ववियु (छैठौं) का गणेश सापकोटा सर्वसम्मत भएको निर्वाचन अधिकृत नवराज गौतमले बताए ।

स्ववियुको सदस्यहरुमा नेविसंघकी हिरादेवी सुवेदी र विशाल उप्रेती, अनेरास्ववियुका निशा थापा, अखिल क्रान्तिकारीका सारा पुन र हेमन्त भण्डारी तथा अनेरास्ववियु (छैठौ)का विनिता गौतम रहेका छन् ।

क्याम्पसमा क्रियाशिल संगठनहरुले छलफल गरेर आपसी सहमतीमा स्ववियुका सवै पदमा सर्वसम्मत गरेका हुन् । निर्वाचनको लागि क्याम्पसमा विहिवार मनोनय दर्ताको समय थियो । निर्वाचन अधिकृतको कार्यालयले सवै प्रक्रियाहरु पूरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->