स्याङ्जा /‘कालीगण्डकी ए’ जलविद्युत् आयोजनाले निर्माण भएको बाँधमा बनेको जलाशयमा संचालन आएको जलयात्रा पछिल्लो समय संकटमा परेको छ । कालिगण्डकी करिाडोर र छेउछाउँमा मोटरबाटो बनाउँदा माटो जलाशयमा खस्दा जलयात्रा संकटमा परेको हो ।
मिर्मीबाट धार्मिकस्थल सेतीबेनी जान र स्थानीय पर्यटकलाई पर्वद्धन गर्ने उदेश्यले बनाइएको छ किलोमिटर जलाशय पुरिएर दुई किलोमिटर जलयात्रा छोटिएको छ । २०वर्ष पहिला बनेको आँधिखोला ड्यामबाट सेतिबेनी सम्मनै जलयात्रा हुने गरेकोमा अहिले दुई किमी वरै झरेर शिलाको दर्शनमा पर्यटक जानुपर्ने बाध्यता रहेको छ ।
मिर्मी आँधीमुहानदेखि पर्वतको सेतीवेणी शालिग्राम शिलासम्मको जलयात्रा छोटिँदा पर्यटकको अभावसमेत हुन थालेको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका कोषाध्यक्षप्रेम माझीले बताए ।
जलाशय पुरिँदा जययत्रा छोटिँदा गल्याङबाटै सडकको प्रयोग गरेर स्वदेशी तथा विदेशी पर्यटक सेतिबेनी पुग्ने गरेको माझीले बताए । बाहिरको पर्यटक आउँदा र भ्रमणटोली आउँदामात्र जलयात्रा हुने बताउँदै माझीले पुरीएको कालिगण्डकीलाई ब्यवस्थापन गर्ने नसके कुनै समय जलयात्रा बन्द हुने बताए ।
२०५९ सालमा हाते डुंगाबाट सुरु भएको जलयात्रा छ वर्षमा १० स्टीमरमा पुगेको थियो । जलयात्राको १९ वर्षमा दुई वटा माउन्ट मकालु फाइबर बोट १२ वटा स्टीमर रहेकोमा २०७८ साल असोज १० गते पहिरो सगैको बाढीले दुबै फाइबर बोटसहित नौ वटामा क्षति पु¥याउँदा तीनवटामा जलयात्रा सीमित भएको थियो ।
जलाशय पुरिएर स्टीमरको नियमितता नहुँदा यात्रुको अभाबमा कतिपय पर्यटकले महँगो शुल्कमा स्टीमर रिजर्भ समेत गर्न बाध्य हुनु परेको छ । कुनै समय दुईतीन पटकसम्म दश स्टीमरले जलयात्रा गराउने गरेकोमा अहिले रहेका तीन वटाले एकपटक जलयात्रा गराउन समेत धौ धौ रहेको माझीको भनाइ थियो । बस तथा ट्रकको इन्जिनको प्रयोग गरेर बनाएको एक स्टीमरले एक चोटीमा एक सय जनासम्म बोक्ने गरेको छ भने एकोहोरो दुई सय भाडा निर्धारण गरिएको छ । जलाशय पुरिँदा स्टीमर चलाएर जीविकोपार्जन गरेका यहाँ धेरै युवा बेरोजगार हुनु परेको छ ।





