बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

वडास्तरमा ‘मिसन ग्रासरुट’, कार्यकर्तामा उत्साह

वडास्तरमा ‘मिसन ग्रासरुट’, कार्यकर्तामा उत्साह


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७९, सोमबार

बागलुङ/ नेकपा एमलोले पार्टी संगठनलाई सुदृढ र सशक्त बनाउन सुरु गरेको ‘मिसन ग्रासरुट’ अभियान वडा तहसम्म पुगेको छ । ‘मिसन ग्रासरुट’ अभियान वडामा पुग्दा पार्टी कार्यकर्ताहरुमा उत्साह देखिएको छ ।

केन्द्र, प्रदेश, जिल्ला र पालिका कमिटिको अभिमुखीकरणपछि वडा तहमा केन्द्रित भएको अभियानले पार्टी सदस्यहरुमा नयाँ उत्साह थपेको प्रदेश कमिटि सचिवालय सदस्य लिला रानाले बताए । पार्टी सबै तहका सरकारमा प्रतिपक्षमा रहने अबस्था आउँदा समेत कार्यकर्ताले अर्को दलको कार्यकर्ता आकर्षण गरिरहेको रानाले बताए ।

‘केही दिनअघि बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा ठुलो संख्यामा युवाहरु पार्टी प्रबेश गर्नुभएको छ, उहाँहरु कुनै लोभलालचले होईन पार्टीको नीति, बिधि र कार्यशैलीका कारण आउनुभएको हो’ रानाले भने ‘जैमिनीकै दमेकमा एमालेले अरु पार्टीहरुलाई धक्का दियो, यो क्रम जिल्लाभरी चलिरहेको छ, यो कार्यकर्तामा रहेको मेहनत र उत्साह हो ।’

आफ्नो सदस्यता आफै उपस्थित भएर नविकरण गर्नुपर्ने बाध्यकारी प्रावधान कार्यकर्ताका लागि थप उत्साह थपेको रानाको बुझाई छ । ग्रासरुट अभियानमार्फत एमालेलाई बागलुङमा पहिलो र सशक्त शक्तिका रुपमा स्थापित गरिने जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । अभियानले जिल्लामा जनसंगठनलाई समेत क्रियाशिल बनाएको केसीको दावी छ । चैतको पहिलो सातादेखिनै अभियान वडा र टोलस्तरमा केन्द्रीत भएको छ ।

अभियानमार्फत जनताको बीचमा पार्टी, कार्यकर्ता र जनता बीचको सम्वन्धलाई कसिलो बनाउने तथा पार्टी सदस्यता नवीकरण, विस्तारको साथै जनताका समस्या, गुनासा र अपेक्षाहरु समेत संकलन गरिने नेकपा एमाले बागलुङले जनाएको छ ।

‘मिसन ग्रासरुट’ अभियानका लागि एमालेले बागलुङमा चार जना केन्द्रिय सदस्य खटाएको छभने प्रदेश कमिटि र जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु उनीहरुसँगै गाउँ गाउँमा पुगेका छन् । ‘निर्वाचनको बेला चल्ने अभियानभन्दा गहिरो गरी पार्टीको अभियान जनताको घर दैलोमा पुगेको छ’ जिल्ला अध्यक्ष केसीले भने ‘एमाले भोट माग्न मात्रै दैलोमा आउँदैन्, दुःख, सुखमा सधैं साथमा छभन्ने सन्देश प्रवाह भएको छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->