बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

न्यूरोडमा पाल्पा हाउस

न्यूरोडमा पाल्पा हाउस


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०७९, बिहिबार

पोखरा/ पोखरा न्युरोडमा मायाको प्रतीक मानीने पाल्पाको रानी महलको झल्को दिने गरी पाल्पा हाउसको भवन निर्माण भएको छ । पर्यटकीय सहर पोखरा र लम्बिनी प्रदेशको पर्यटकीयस्थल तानसेनलाई जोड्दै व्यवसायसंगै तानसेनको प्रबद्र्धन गर्ने उदेश्यका साथ पाल्पा हाउस निर्माण गरिएको हो ।

करिब २ करोडको लगानीमा भवन निर्माण गरिएको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलशप्रसाद घिमिरेले जानकारी दिए । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले पाल्पा र कास्कीमा उत्पादित मौलिक उत्पादन तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्नु मूल उद्देश्य रहेको बताए ।

उनले पाल्पाली चिनारीहरु ढाका, करुवा लगायत फलफूल तथा कृषिजन्य उत्पादनहरु पाल्पाकै सुपथ मूल्यमा उपलब्ध गराउने बताए । त्यस्तै कास्कीको पहिचान जेठोबुढो तथा विभिन्न कृषि उत्पादनको बजारीकरण समेत गरिने उनको भनाइ छ । पाल्पा हाउसमा कुल १७ सटरमा विभिन्न प्रकृतिका पसलहरु संचालित छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->