बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बुद्ध विशाल बजारको रक्तदान

बुद्ध विशाल बजारको रक्तदान


  • ढोरपाटन संवाददाता
  • चैत्र १२ २०७९, आइतबार

पोखरा/ बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले पहिलो रक्तदाता रमेश घर्ती मगरलाई ब्लड ब्याग हस्तान्त्रण गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सवैभन्दा ठुलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एशोसियसनलाई धन्यवाद दिदै आफ्नो तर्फबाट एशोसियसनलाई के कस्तो सयोग तथा सल्लाहको आवश्यकता पर्छ परेमा आफ्नो तर्फबाट सयोग गर्ने प्रतिवद्वता प्रकट गरेका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशव बहादुर खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले आफ्नो रजत महोत्सवको अवसर पारेर यो वर्ष विभिन्न कार्यक्रमहरू गरिरहेको बताउदै रगत पैसा तिरेर पनि पाँईदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्ने बताउदै अध्यक्ष खत्रीले बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले सामाजिक उत्रदायित्व बहन गर्दे नवौ पटक यो रक्तदान कार्यक्रम आयोजना गरीएको बताए ।

बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनका महासचिव बुद्धिबहादुर कुवँरको संचालन,उपाध्यक्ष ईन्द्रराज अर्यालको स्वागत रहेको कार्यक्रममा मानार्थ सदस्य सुदीप ढकाल सल्लाहकार शिव शर्मा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->