बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आहा ! कोर्चा (फोटो फिचर)

आहा ! कोर्चा (फोटो फिचर)


  • विजय नेपाली
  • चैत्र १३ २०७९, सोमबार

पोखरा/अहिले कास्की माछापुच्छे« गाउँपालिका वडा १ को खुमेडाँडा निकै चर्चामा छ । सामाजिक सञ्जालबाट भाइरल बनेको खुमै डाँडा नजिकको टे«किङ स्थल हो ।

पोखरादेखी नजिकैको दुरीमा रहेको खुमे पुग्नका लागि एक रात दुई विहानको समय भए पुग्छ । खुमै यतिबेला आन्तरिक पर्यटकले भरिभराउ छन् । अकिकांश खुमै पुगेर मात्रे फर्कने गरेका छन् ।

तर खुमै देखी २ घण्टाको दुरीमा रहेको कोर्चासम्म कमै मात्रै पुग्ने गरेका छन् । खुमैडाँडा भन्दापनि मनोरम दृष्यसंगै माछापुच्छे«लाई घरकै भित्ताजस्तै गरी हिउँ खेल्दै अवलोकन गर्न सकिन्छ । खुमै जाने जोकोहि पनि एक पटक कोर्चा पुगे स्वर्गको अनुभुति गर्न पाउनेछन् ।

खुमै जाँदा ध्यान दिनुपर्ने सामान्य कुराहरु

पहिला त तपाईँ खुमै डाँडा जाने योजना बनाउनुभएको छ भने त्यहाँ सम्पर्क गरेर जानुहोला । पर्यटकको संख्या बढेकाले बस्ने व्यवस्था नपाउन सकिन्छ ।

त्यसपछि कपडा धेरै नबोक्नुस् । हिड्न समस्या हुन्छ । हलुका तर न्यानो बोकेर जानुस । खुमै पुग्नेबेलासम्म पातलै लगाएर गएपनि सहज हुन्छ ।

तर खुमै डाँडा चिसो भएकाले न्यानो कपडा लगाउनुपछृ । मोजा दुई तिन जोर हालेको राम्रो । संगै रेनकोट पनि लानुहोस् । पानी पर्न सक्छ ।

जुत्ता सकभर चिप्लिने किसिमको नलगाउनुहोस् । लाइट लैजानुस । पानीको अभाव छ पानी आफैसंग लैजानुस । केहि इनर्जी दिने खानेकुरा साथमा राख्नुस् ।

चिसो ठाउँभएकाले लु लाग्न सक्छ लसुन वा औषधी पनि राख्नुस् । बाटोमा टेको लठ्ठी लिएर जानुस् । मोबाइल चार्ज गर्ने ठाउँ छैन ब्याकअफ पनि लिएर जाँदा राम्रो हुन्छ ।

(तस्विर ः विजय नेपाली )

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->