गुल्मी/ गुल्मीका पत्रकार कृष्ण अञ्जानलाई अभिनन्दन गरिएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का अन्जानलाई शहिद परिवारको रुपमा नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभिनन्दन गरेका हुन् ।
सोमबार सदरमुकाम तम्घासमा नेकपा एमालेले गरेको मोसन ग्रासरुट अभियान अन्तरगर पार्टीको प्रशिक्षणका क्रंममा आएका एमाले नेता ओलीले ससस्त्र युद्धमा मारिएका रुरुक्षेत्र १ च्यूरेकका भोजराज ज्ञवालीका छोरा पत्रकार कृष्ण अन्जान ज्ञवालीलाई शहिद परिवारको रुपमा सम्मान गरेका हुन ।
२०६० कार्तिक ९ गते नवलपरासीको सुनवलमा तत्कालिन बिद्रोही माओवादीको गोली लागेर मारिएका भोजराज ज्ञवाली नेकपा एमालेका कार्यकर्ता थिए । लामो समय भारतमा जागिरे जिवन बिताएर नेपाल फर्केका भोजराज ज्ञवाली सुनवल प्रहरी चौकि अगाडि सानो व्यापार गर्दै आईरहेका थिए । सर्वसाधारण , निहत्था र निरीह भोजराज ज्ञवालीलाई माओवादीले चलाएको गोलि छातिमा लागेको थियो ।
घटनाको १९ वर्षपछि नेकपा एमालेले शहिद परिवारको रुपमा उनका छोरा पत्रकार कृष्ण अन्जान ज्ञवालीलाई अभिनन्दन गरेपछि पार्टीले सम्झेकोमा पत्रकार अन्जानले कृतज्ञता व्यक्त गरेका छन ।





