बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की अध्यक्षमा पार्वती

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की अध्यक्षमा पार्वती


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा/ नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन कास्की जिल्लाको प्रथम अधिवेशनबाट पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ ।

‘सम्पदा संरक्षण र गन्तब्य पहिचानः पर्यटकीय राजधानी गण्डकीको स्वाभिमान’ भन्ने नाराका साथ स्थापना भएको संगठनको प्रथम अधिवेशनबाट अध्यक्षमा पाण्डेलाई निर्विरोध निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा गुरुप्रसाद त्रिपाठी, सचिवमा कुलप्रसाद तिवारी, सहसचिव श्याम प्रसाद पौडेल (राजु) र कोषाध्यक्षमा रमेशराज अधिकारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यमा शोभाखर तिवारी, ममता न्यौपाने, अर्जुन सुवेदी, सुनिता पहारी गैह्रे, शिव थापा, सरस्वती ढुंगाना, सरा बोगटी, विष्णु पहारी, मिठुदेवी लामिछाने, शिवराज अधिकारी, धनप्रसाद गुरुङ र शेरकाजी गुरुङ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->