शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ

स्याङ्जामा तीन चिनियाँ नागरिक पक्राउ


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

स्याङ्जा/ अर्जुन चौपारी गाउँपालिका ३ चिन्नेबासमा अवैध ढंगले दरौंखोलामा माछा मारेका तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । खोलामा माछा मारेको स्थानीयले खबर गरेपछि अर्जुन चौपारी प्रहरी चौकीबाट गएको प्रहरी टोलीले खोलामा करेन्ट लगाउने अत्याधुनिक मेसिन, जाल र माछा समाउने जाली तथा बा १२ च २७७ नम्बरको हाइलक्स गाडीसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४१ वर्षीय यो जोङ यु, ३६ वर्षीय गाहु र ४० वर्षीय यु स्या हु रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाले माछा मार्न रोक लगाएको खोलामा करेन्ट लगाएर माछा मारेको अभियोगमा उनीहरुलाई ५–५ हजार जरिवाना पनि तिराइएको छ । प्रहरीले करेन्ट मेसिन जफत गरेको र थप अनुसन्धानको लागि गाडी र तीनै जनालाई जिल्ला प्रसासन कार्यालय स्याङ्जा पठाएको प्रहरी वरिष्ठ नायब निरीक्षक ख्यामबहादुर खड्काले जानकारी दिए ।

ठूलो अपराध केही गरेको नदेखिएको र वैधानिक भए/ नभएको प्रसासनले हेर्ने बताउँदै प्रमुख जिल्ला अधिकारकी शशीधर घिमिरेले उनीहरु नेपालमा अवैधानिक रुपले बसेको पाइएमा कानून अनुसार कारबाही अगाडी बढाउने जानकारी दिए । पक्राउ परेका गाहुले पुतली बजार नगरपालिका १३ मा बिवाह गरेको र पक्राउ परेको सवारी साधन निजकै श्रीमति सजिना सारुको रहेको खुलेको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->