बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धौलागिरी क्याम्पसको स्ववियु निर्वाचनमा भागबण्डा, सभापतिमा सुदिप सागर

धौलागिरी क्याम्पसको स्ववियु निर्वाचनमा भागबण्डा, सभापतिमा सुदिप सागर


  • ढोरपाटन संवाददाता
  • चैत्र १८ २०७९, शनिबार

बागलुङ / धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा विधार्थी संगठनले भागबण्डा गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गरेका छन् ।

मनोनय दर्ताको अन्तिम समय शनिबार विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैठक वसी सवै पदमा भागबण्डा गर्दै सबै विधार्थी संगठनको सहभागिता हुनेगरी सर्वसम्मत रुपमा स्ववियुमा नयाँ नेतृत्व चयन गरेका हुन् ।

स्ववियु सभापतिमा नेपाल विद्यार्थी संगठनका सुदिप सागर कँडेल सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा नेविसंघकै दिपक सुवेदी र सचिवमा अनेरास्ववियुका अनिल शर्मा चयन भएको निर्वाचन समितिले जनाएको छ ।

स्ववियुको सहसचिवमा अनेरास्ववियु (क्रान्तिकारी) का खिमानान्द कँडेल, कोषाध्यक्षमा नेविसंका सृष्टि आचार्य, सदस्यहरुमा नेवि संघका कृष्णबहादुर अठारे, सुनिल गौतम, बिशाल थापा, मनोज पौडेल, गणेशप्रसाद आचार्य, सचिन हरिजन र रुपादेवी रोका, अनेरास्ववियु छैठौका नगेन्द्र थापा र रेखा शर्मा, अनेरास्ववियुका सुनिल पौडेल, अस्मिन शेख र तस्लिमा मियाँ, अनेरास्ववियु क्रान्तिकारी वहुमतका दिवस खड्का र अनेरास्ववियु विप्लवका सुदन बिक चयन भएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->