बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र कमजोर भैरहन्छ : केसी

आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र कमजोर भैरहन्छ : केसी


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७९, आइतबार

बागलुङ/ राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरुको गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् ।

राजनीतिक दलहरु बिदेशीको इशारामा चल्दा देश कंगाल बन्न लागेको केसीले आरोपसमेत लगाए । उनले उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र र लोकतन्त्र कमजोर भैरहने बताए ।

बागलुङको जैमिनी नगरपालिकाले शनिबार कुश्मीसेरामा आयोजना गरेको बिज्ञ सम्मेलनको उद्घाटन गर्दै केसीले स्वदेशी उत्पादनलाई बिस्थापित गरेर आयातित सामानमा रमाउने नीतिले देशको आर्थिक स्थिति धरासायी भएको बताए । ‘बिषादी हालेको तरकारी ल्याएर खाने, गाउँका किसानको फाल्ने प्रवृत्तिले हामी कंगाल बन्दैछौं’ उनले भने, ‘सत्ताका लागि हुने छिनाझम्टीले नेपाली किसान मर्दैछन् ।’ उनले बिदेशी शक्तीको चाकरी गर्न नेपाली उत्पादन बिक्री नभएको बताए ।

बिज्ञ सम्मेलनमा कृषि, पर्यटन र जलश्रोतमा आत्मनिर्भर बनाउन पहल गरिने बिषयमा केसीले टिप्प्णी गरेका थिए । उनले हरेक पालिका आफ्नै उत्पादनले निर्भर बन्न सकेमा आयात प्रतिस्थापन हुने समेत बताए । राष्ट्र निर्माणमा राजनीतिक दल, संचार क्षेत्र र जनता सचेत हुनुपर्ने बताए । ‘राजनीतिप्रति जनताको घोर बितृष्णा छ, तर, जनताले तिनैलाई भोट दिन्छन’ उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको गल्ती छैन, कार्यान्वयनमा समस्या छ ।’ उनले राष्ट्रियताको खोल भिरेर सत्तामा पुगेपछि बिदेशीका इशारामा चल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने समेत बताए ।

बिज्ञ सम्मेलनको सुझाव, चुनावको प्रतिवद्धता र जनताको चाहना अनुसार नीति तथा कार्यक्रम र बजेट तथा आवधिक योजना बनाउने नगरप्रमुख नरबहादुर पुनले बताए । शनिवार शुरु भएको सम्मेलन आइतबारसम्म चल्नेछ । सम्मेलनमा शिक्षा, स्वास्थ्य क्षेत्रका बिज्ञसहित अर्थशास्त्री, कृषि बिज्ञलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->