बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

फेरि उकालो लाग्दै कोरोना र डेंगी

फेरि उकालो लाग्दै कोरोना र डेंगी


  • ढोरपाटन संवाददाता
  • चैत्र १९ २०७९, आइतबार

काठमाडौं / नेपाल कोरोना भाइरस संक्रमण र डेंगीका बिरामीको संख्या फेरि उकालो लाग्दैछ। एक सातायता कोरोना संक्रमितको संख्या बढ्न थालेको हो। १३ चैतमा एक हजार २६६ जनाको स्वाव परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले जनाएको छ।

त्यसैगरि १४ चैतमा एक हजार ४२९ जनाको स्वाव परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भयो। चैत १५ गते एक हजार ३३० जनाको स्वाव परीक्षण गर्दा ३४, १६ चैतमा ९ सय १५ को स्वाब परीक्षण गर्दा ४२, १७ चैतमा एक हजार ७९ जनाको स्वाव परीक्षण गर्दा संक्रमितको संख्या ह्वातै बढेर १४२ मा पुगेको थियो।

चैत १८ गते ६ सय ५३ जनामा कोरोना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भयो। १९ चैतमा सात सय १ जनामा परीक्षण गर्दा थप ३८ जनामा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक सय ९४ रहेको छ। संक्रमितको संख्या बढ्दै गए पनि मृतकको संख्या शून्य रहेको छ। भारतमा कोभिड संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पनि बिरामीको संख्या बढ्दै गइरहको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग डा. शेरबहादुर पुनका अनुसार पछिल्लो समय अस्पतालमा कोरोनाका बिरामी पनि आइरहेका छन्। भारतमा ओमिक्रोनका प्रजाति मिलेर बनेको नयाँ हाइबे्रट एक्सबीबी १.१६ तीव्रगतिमा बढिरहेकाले त्यसको असर नेपालमा पनि देखिएको डा. पुनले बताए।

भारतमा देखिएको ‘एक्सबीबी १.१६’ ओमिक्रोन उपप्रजातिको हाइब्रेट रहेको उनले बताए। सायदै नेपालमा पनि ओमिक्रोनका विभिन्न उपप्रजाति मिलेर नयाँ हाइबे्रट फैलिएको हुन सक्ने उनको आकंलन छ।

‘कोरोना फैलिएका सुरुवाती दिन जस्तो अहिले आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनी भन्छन्, ‘पहिले खोप थिएन, खोप आएपछि लगाउने पनि कम थिए। तर अहिले पूर्णमात्रा खोप लगाउने झन्डै ९५ प्रतिशत पुगिसकेकाले आत्तिहाल्नु पर्दैन।’

टेकु अस्पतालमा केही जेष्ठ नागरिक भर्ना भएका छन्। उनीहरुमा जाडो हुने, जीउ दुख्ने, खोकी लाग्ने, ढाड दुख्ने, स्वाद र गन्ध हराउने जस्ता लक्षण देखिएको डा. पुनले बताए।

कोरोना भाइरसको भेरिएन्ट ओमिक्रोन हुँदा बिरामीलाई बढी रुघाखोकी लाग्ने र घाँटी दुख्ने लक्षण बढी देखिन्थ्यो भने अहिले लक्षण केही परिर्वतन भएको उनले बताए।

‘पहिलो र दोस्रो लहरमा संक्रमितहरुमा स्वाद र गन्ध थाहा नपाउने समस्या बढी देखिएको थियो’, उनले भने, ‘तर ओमिक्रोनमा यो लक्षण देखिएन। अहिले फेरि धेरै बिरामीमा  स्वाद र गन्ध थाहा नपाउने लक्षण फर्किएको छ। त्यसैले फेरि पुरानै अवस्था देखिन थालेको होकि भन्ने लागेको छ।’

त्यस्तै अहिले सिजनल फू पनि फैलिरहेकाले कोरोना संक्रमित घरमै बसेको देखिने उनले बताए।

‘अहिले कति संख्यामा संक्रमित थपिएभन्दा पनि कति भाइरस कति संक्रामक र कतिको मृत्यु भइरहेको छ भनेर खोज्न धेरै आवश्यक छ’, उनले भने।

फागुनयता तीन सय बढीमा डेंगी
नेपालमा यस वर्ष डेंगीले महामारीकै रुप लिएको थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत साउनदेखि देखिन थालेको डेंगी २९ मंसिरसम्म  ५३ हजार ९५१ जनामा पुष्टि भइसकेको छ। ६२ जनाको डेंगीका कारण मृत्यु भएको थियो।

डेंगी एडिस जातिका (एजिप्टाई र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोलाई मानिने डा. पुनले बताए।

गर्मीसँगै पानी पार्न थालेपछि पुनः डेंगीका बिरामी फेला पर्न थालेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए।

‘फागुन अन्तिम सातायता देशभर ३ सय  बढिमा डेंगी बिरामी फेलाद परेको रिर्पोटेट गरिएको छ’, उनले भने, ‘सबैभन्दा बढी दाचुर्लामा ५० जना र  म्यादी पनि धेरै बिरामी भेटिएका थिए।

गत साउनबाट सुरु भएको डेंगीका बिरामी जाडो महिनामा कम भए पनि पुनः बढ्न थालेको उनी बताउँछन्। अहिले काठमाडौंका तीन जिल्लामा जम्मा ५० जना बिरामी रिर्पोट भएको उनले बताए।

के छ तयारी ? 
गत साउनदेखि कात्तिकसम्म तीव्रगतिमा फैलिएको डेंगी ७७ जिल्लामा फैलिएको थियो। धेरैले ज्यान गुमाएका कारण महाशाखाले त्यस्थतो अवस्था आउँन नदिन अहिलेदेखि नै तयारी गरेको डा. दाहालले बताए।

‘संक्रमण देखिन थालेपछि केही दिन पहिलामात्रै प्रदेश सरकार र स्वास्थ्य  प्रमुखहरुसँग बसेर छलफल गरेर फैलिन नदिन  रणनिति तयार गरेका छौँ’, उनले भने।

त्यस्तै डेंगी बिरामी रिर्पोट भएका पालिकाहरुलाई पत्राचार गरिसकेको समेत डा. दाहालले बताए।

‘डेंगीका कारण यसै वर्ष हामीले धेरैलाई गुमाउनु पर‍्यो। धेरै संक्रमित भएका कारण हामीले अहिले एउटामात्रै केश देखिए पनि सचेत हुन र सावधानी अपनाउन स्थानीय सरकारलाई पत्राचार गरेका छौँ।’

त्यस्तै माहाशाखाले प्रधानमन्त्रीलाई  १९ बुँदे ज्ञापनपत्र  बुझाउँदा डेंगीलाई बढी प्रथामिकतामा राखेर कार्ययोजना बुझाएको डा. दाहाल बताउँछन्।

जेठ र असारमा बढ्नु पर्ने डेंगी अहिले नै देखिन थालेपछि मन्त्रायले स्थानीय सरकारलाई सावधानी अपनाउन निर्देशन दिएको सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

‘अलिकबढी गर्मी भएपछि अर्थात जेठ असार तिर देखिनुपर्ने डेंगीका बिरामी अहिले नै बढ्दै गइरहका छन्’, उनले भने  ‘पुरानो अण्डा बाँकी रहेकाले पानी परेपछि ती सक्रिय हुन थालेकाले बिरामी बढ्दै गइरहेका छन्।’ डेंगी नियन्त्रणका लागि मन्त्रालयले तयारी गर्दै गरेको पनि उनले बताए।

त्यस्तै भारतमा कोभिडका बिरामी देखिन थालेपछि सीमा नाकामा सर्भिलेन्स पनि बढाइरहेको डा. अधिकारीले जानकारी दिए।

‘नाकाहरुमा संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ’, उनले भने, ‘त्यसैले नाकामा परीक्षणको दायरा बढाइएको छ। पुष्टि भएका बिरामीलाई कुन अस्पताल लैजाने? के गर्ने भनेर निर्देशन दिएका छौं।’

‘नेपालमा अहिले नयाँ भेरियन्ट देखिएको छैन्। जिन सिक्वेन्सिङ गरिहका छौं। नयाँ भेरियन्ट देखिए हामी भन्छौँ।’ खुला सिमानाका कारण भारतबाट नेपाल आउँदा हुने संक्रमण निण्न्त्रण गर्न नाकामा कडाइ गर्न निर्देशन दिइसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->