
बागलुङ / गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका-११ रिघा मनेवा मामाघरमा आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताए ।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको ध १ त ६०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर स्थानीय होमबहादुर सिंजालीको घरमा खसेको थियो । ट्याक्टरले सिंजालीको घरमा समेत क्षति पुगेको छ । घटनापछि ट्याक्टर चालक डिक्सन पुन फरार छन् ।





