गुल्मी/ जुम्ला सिँजाका कृष्ण बहादुर हमाल हिउँद लागेपछि गुल्मी जिल्लाको रिडीबजार तिर सुईटर बुन्दै गरेको भेटिन्छन् । उनी हिँउद लागेपछि रिडीबजार आउन थालेको २३ वर्ष पूरा भयो ।
कार्तिक लागेपछि जुम्लामा हिउँ पर्छ । खेतिपातिको काम पनि सकिएपछि जुम्लीहरु जाडो छल्न र व्यापार गर्न तराई झर्छन् । सिँजा गाउँपालिका घर भएका हमाल पनिको पनि गाउँ छोडेर गुल्मी आउँछन् ।
गुल्मीमा हमालको रोजाईमा पर्ने गरेको छ रिडीबजार । उनको गाउँ जुम्लाको सिँजा उपत्यकामा फागुनबाट खेतिपातिको सिजन शुरु हुन्छ । फागुनबाट कार्तिकसम्म यहाँका स्थानीय खेतिपातिमा व्यस्त रहन्छन् । फागुन–कात्तिकको अवधिमा मकै, धान, जौ, गहुँ लागाएतका अन्न उत्पादन हुन्छ । अन्न भित्राए पछि जुम्लीहरु तराई झर्छन् । मुख्यतया गलैँचा, कार्पेट, सुईटर, बल्याङकेट, सुईटर, टोपि, मोजाका साथै जरिबुटिहरुमा सिलाजित, हिँग, बिरेनुन, जिम्मु, निरमसी, सतुवा बोझो जुम्लीले गर्ने व्यापारका सामानहरु भएको बताउँछन् कृष्ण बहादुर हमाल । तर उनी आँफै भने सुईटर, टोपि, मोजा बुन्ने फरक सीप छ, र उनको हात कतिबेलै खालि छैन ।
बिहान उठ्ने बित्तिकै र राति एघार बाह्र बजे सम्मपनि बुनिरहन्छु सुईटर बुन्दै गरेका हमालले भने । उनले बुन्ने सुईटर, टोपिको मूल्य अलि महँगो छ, तर गुणस्तरीय छ भन्छन् उनी । जुम्लातिरै उत्पादन भएको उनबाट उनले बुन्ने काम गर्छन । पहिला पहिला डोल्पा, जुम्ला तिरका घरमै बुनेका राडि, पाखि कम्मल रिडीको मेलामा आउँथे तर आजभोलि चाईनिज सामानको माग बढेसँगै त्यताका सामानको प्रयोग घटेको मात्र होईन देख्नै छाडिएको हमालको भनाई छ ।
त्यसोत रिडी उनको साँझ विहानको वास हो । उनी दिनभरि सामान बोकेर थोर्गा ,ग्वादी ,स्याङ्जाको कालिपार, पाल्पाको कुसेनी अर्गली, अस्लेवा तिर डुल्छन र साँझ बस्न रिडी फर्किन्छन । ‘खै किन हो किन रिडीबजार आफ्नै गाउँझै लाग्छ ,यहाँका दाजुभाइ दिदीबहिनीहरु आफ्नै जस्तो लाग्छ’ उनले भने ।
२३ बर्ष रिडीलाई केन्द्रबनाएर गरेको उनको व्यापार चलिरहँदा गाउँघरमा पाँचलाख उधारो उठ्नै बाँकी छ । ‘गाउँघरमा उधारो सामान दिईयो चार÷पाँचलाख उधारो उठेको छैन, दिन्न त कसैले भन्दैन खै कहिले उठ्ने हो ।’ हमालले भने । जुम्ला सिँजामा उनको पचास रोपनि जग्गा छ, तर जीवन जिउने माध्यम भनेको यहि व्यापार हो । कृष्ण बहादुरका जीवनका अँध्यारा पाटाहरु पनि छन् ।
जीवन सँगिनि जारमा हमाल मुटुको रोगि हुन । जुम्लामा चिसोमा बस्दा रोगले झनै चाँप्ने र उपचार पनि गतिलो नहुने भएपछि पच्चीस वर्षदेखि काठमाडौंमा डेरा लिएर बस्छिन । एक छोरा र छोरीले काठमाडौंमै पढ्छन् । जीवन सँगिनि जारमाको उपचार छोरा छोरीको पढाइ लेखाइ सबै हमालको काँधमा छ । जुम्लामा खेतीपाति, जीवन सँगिनिको रेखदेख, छोराछोरीको पढाइ लेखाइ सबैको जिम्मेवारी सँगै सबै खर्चको जोहो कृष्ण बहादुर हमालले रिडीमा बसेर गर्ने उनको यहि व्यापार हो ।





