शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लाइन काट्दै महशुल उठाउँदै विद्युत प्राधिकरण

लाइन काट्दै महशुल उठाउँदै विद्युत प्राधिकरण


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७९, शुक्रबार

स्याङ्जा/ समयमै विद्युत महशुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले स्याङ्जाका ५३३ ग्राहकको घरमा विद्युत आपूर्ति बन्द गराएको छ । प्राधिकरणले ती ग्राहकको घरमा जाने लाइन काटेको हो ।

११ पालिका रहेको स्याङ्जा प्राधिकरण स्याङ्जा शाखाले गत साउन १ गतेबाट यो अभियान अगाडि बढाएको थियो । विद्युत प्राधिकरण महशुल संकलन विनियमावली २०७८ अनुसार लाइन कटान गरिएको प्राधिकरणको भनाइ छ । विद्युत उपभोग गरी ६० दिनसम्म महशुल नबुझाउने ग्राहकको बिना सूचना लाइन काट्न मिल्ने महशुल संकलन विनियमावली टेकेर यो निर्णय गरिएको कार्यालय प्रमुख प्रताप बरालले बताए ।

महसुल नबुझाउने मध्ये अधिकांश साना ग्राहक रहेको बताउँदै बरालले लाइन कटानपश्चात ४८९ ग्राहकले ४० लाख ३३ हजार ४७२ रुपैयाँ ९६ महशुल बुझाएर पुनः लाइन जडान गरेको पनि जानकारी दिए । ६९ ग्राहक कालोसूचीमा रहेको बताउँदै बरालले पाँच जना कालोसूचीका ग्राहकले ४८ हजार ५५१ रुपैयाँ तिरेर पुनः जडान गरेको बताए ।

सबैभन्दा धेरै महशुल नतिरेर कालोसूचीमा पर्ने स्मार्ट टेलिकम फेदिखोला रहेको र एक लाख २० हजार २९७ रुपियाँ तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ । विगतमा यहाँ सरकारी कार्यालय महसुल नतिरेर लाइन कटान हुने गरेकोमा अहिले अग्रिम तिर्ने गरेका छन् । प्राधिकरणको स्याङ्जामा २४ हजार र मिर्मीमा सात हजार ३७८ गरी ३१ हजार ३७८ ग्राहक रहेका छन् । यहाँ ग्राहकबाट दुई करोड ६२ लाख ३६२ रुपैयाँ महशुल बक्यौता रहेको प्रमुख बरालको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->