शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरे

अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरे


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०७९, शनिबार

स्याङ्जा/ पुतलीबजार नगरपालिका १३ ज्यामिरेमा अज्ञात रोगले एकै खोरका २२ बाख्रा मरेका छन् । पछिल्लो चार दिनमा स्थानिय शेषकान्त सुबेदीको आँधिखोला बाख्रा फार्मका बाख्रा मरेका हुन् ।

पहिलो दिनमा पाँच वटा बाख्रा मरेपछि घाँसका कारण मरेको भनेका थिए दोस्रो दिन नौ, तेस्रो दिन सात र चौथो दिनमा एक वटा बाख्रा मरेपछि रोगले मरेको आशंका गरिएको हो ।

बाख्रा मरेपछि ल्याब टेष्टको लागि स्याम्पल लिगेको र एक दुई दिनमा के कारणले मरेका हुन थाहा हुने पशु तथा भेटनरी अस्पताल स्याङ्जाका प्रमुख इन्द्र भट्टले बताए ।

अष्ट्रलेलियाँबाट ल्याएको ८७ प्रतिसत बोयर बोका र सत प्रतिसत बोयर बाख्राबाट जन्मेका धेरै बोका र बाख्रा मरेको कृषक सुबेदीले बताए ।
बोयर बाख्राको जिल्लाको नमुना फार्म नै बताउने अभियान सहित पाँच लाखमा दुई बाख्रा अष्ट्रलेलियाँबाट ल्याएको बताउदै सुबेदीले अष्ट्रलेलियाँबाट ल्याएका बोबा नै मरेपछि नमुना फार्म बनाउने सपना अधुरो भएको बताए । बाख्रा फार्मका मरेसगै लाखौको क्षति भएको र क्षतिपुर्तिको माग सुबेदीले गरे ।

आँधिखोला बाख्रा फार्ममा एकै चोटी धेरै बाख्रा मरेसगै स्थानिय बाख्रा पालक आफ्नो फार्म समेत रोग भित्रने हो कि भन्ने चिन्ता लिएका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->