आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७९, आइतबार

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो ।

प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए । यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए । रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो ।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो । उनले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन् ।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनमा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गर्दै प्रसाईंले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो । भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->