शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टचारका कुरा भइरहन्छन् : लिङदेन

व्यवस्था परिवर्तन नभएसम्म भ्रष्टचारका कुरा भइरहन्छन् : लिङदेन


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०७९, बुधबार

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश विग्रनुमा दलमात्र दोषि नभई देशको व्यवस्थानै दोषि भएको बताएका छन् । राप्रपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि हुन आएका अध्यक्ष लिङदेनले नयाँ पार्टीमा समेत भ्रष्टचार देखिनुमा व्यवस्थाकै कारण भएको बताए । मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । देश परिवर्तनका लागि नयाँ जोश र जागर देखिएको र जनताले समेत विश्वास गरेको कान्छो पार्टी बन्न नपाउँदै भ्रष्टचारको गन्ध देखिनु दुुःखद् रहेको उनको भनाइ थियो । आफ्नो पार्टीमा यदि कसैले भ्रष्टचार लेनदेनको कुरा गरे त्यसको जिम्मा आफैले लिने उनले सुनाए ।

‘रास्वपाको मन्त्री बन्न पार्टीलाई पैसा दिनुपर्ने र त्यो पैसाको लागि कुनै व्यापारीलाई अनुरोध गरेको भन्ने छ त्यसको छानविन होला । विस्तृत रुप आइ हाल्ला । अख्तियारले समेत हात हालिसकेको अवस्था छ । अन्य पार्टीको बारेमा धेरै टिप्पणी गर्न चाहान्न’ लिङदेनले भने, ‘तर यहाँ व्यवस्थामै दोष छ । यो प्रणालीमा यसप्रकारका विकृतिहरु स्वभाविक रुपमा देखिन्छन् र देशको सबैभन्दा कान्छो दलमै यो कुरा आउनु दुखद् कुरा हो ।’ उनले आफुहरु सरकारमा जाँदै गर्दा समेत धेरैले भ्रामक कुरा फैलाएको सुनाए ।

अहिले विभिन्न स्थानमा हुन लागेको उपनिर्वाचनको बारेमा बोल्दै उक्त निर्वाचनले सांसदमा कुनै फरक नपर्ने बताए । अहिलेको सरकार पूर्णरुपमा सत्ता र भागबण्डा केन्द्रित रहेको सुनाउँदै यस्तो अवस्थामा जनता स्वयम सडकमा आउनुपर्ने र त्यसलाई कुनै एउटा राजनैतिक दलले नेतृत्व गरेर सरकारलाई दबाब दिदैँ सच्याउनुपर्ने अवस्था रहेको उनले बताए ।

उक्त काम राप्रपाले गर्ने निष्कर्षमा आफुहरु पुगेको समेत उनले बताए । ‘व्यवस्था परिवर्तन गर्न जरुरी छ । अहिलेको अवस्थामा दलमात्र नभई व्यवस्था नै दोषी छ । अहिले देशमा त्यहि कुरा बुझाउन हिडिरहेका छौं । यो उपनिर्वाचनमा जनतालाई त्यहि कुरा बुझाउने प्रयास हाम्रो भइरहेको छ’ उनले भने,‘गणितिय हिसाबले संसदमा कुनै प्रभाव पार्दैन् । कुनै दलले जित्दा नजित्दा कुनै दलको अवस्था र संसदीय गणितमा कुनै फरक पर्दैन तर हामीले लोक अभिमतको हिसाबले लिएका छौं ।’

यस्तै अहिलेको सरकार स्वार्थ समुहमा बाझिएको र यो सरकार टिकिराखेमा समेत देशले निकास नपाउने उनको धारणा रहेको छ । यो निर्वाचनमा सिटको अपेक्षा नभएको तर अघिल्लो निर्वाचनको भन्दा केहि मत बढ्ने उनले बताए । संक्रमणकालिन न्याय सम्बन्धि विधेयक संसदमा पेश भएको सुनाउँदै लिङदेनले सरकार एक पक्षलाई मात्रै न्याय दिलाउने हिसाबले लागेको स्पष्ट पारे । उनका अनुसार द्धन्द्धका अन्य पिडितलाई उपेक्षा गर्ने र उनीहरुको घाउमा नुनचुक छर्ने ढंगले प्रस्तुत भइरहेको छ ।

अहिले दुई पक्षको मात्रै कुरा भइरहेको र तेस्रो पक्षको कुरा नभएको उनले सुनाए । अर्थतन्त्रको बारेमा बोल्दै उनले ठूला संस्थानहरु लगानी गर्नुको साटो बैंकमा जम्मा गरेर ब्याज खाने संस्थामा परिणत हुँदा अर्थतन्त्रमा समस्या देखिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->