स्याङ्जा/ दलित उत्थान केन्द्र अर्जुनचौपारिलाई स्याङ्जा सहयोग समाज कतार अर्जुनचौपारि इकाइले आर्थिक सहयोग गरेको छ । सामाजिक क्षेत्रमा स्थापना भएको पाचँ महिनामा फड्को मारेको केन्द्रलाई अर्जुनचौपारि इकाईले एक लाख एक हजार नगद सहयोग गरेको हो ।
केन्द्रले नयाँ वर्ष २०८० को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान, चियापान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले हस्तान्तरण गरेका हुन्
कार्यक्रममा अर्जुन चौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले दलित उत्थान केन्द्रले धेरै राम्रो काम गर्दै आएको र कामलाई निरन्तरता दिन आग्रह गरे । केन्द्रको काममा गाउँपालिकाले हातेमालो गर्दै सहयोगमा कुनै कमी हुन नदिने बताए
यस्तै स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले दलित उत्थान केन्द्रको प्रशंशा गर्दै देश तथा बिदेशबाट सहयोग गरे समन्वय केन्द्रले सबैसगँ हातेमालो गर्दै न्यून आर्थिक अवस्था नागरिकको घर बनाउने, बिजुली बत्ति जोड्ने, न्यानो कपडा बितरण गर्ने र समस्यालाई परेकालाई सहयोग गर्दै आएको छ ।





