बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चित्रबहादुरको चुनाव खर्च १८ लाख

चित्रबहादुरको चुनाव खर्च १८ लाख


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

बागलुङ/ प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले निर्वाचन खर्च सार्वजनिक गरेका छन् । बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका केसीले १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेका हुन् ।

केसीका निर्वाचन प्रतिनिधि थानेश्वर पाध्याले आइतबार बागलुङमा पत्रकार सम्मेलन गरेर निर्वाचनमा भएको खर्चको विवरण सार्वजनिक गरेका थिए । निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा विवरण बुझाउन निर्देशन दिएको निर्वाचन आयोगले बैशाख १२ गतेभित्र विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो ।

विवरण अनुसार केसीले सबैभन्दा धेरै खर्च सवारी साधनको भाडा र इन्धनमा गरेका छन् । ८ लाख ६० हजार रुपैयाँ सवारीका लागि मात्रै खर्च भएको पाध्याले बताए । त्यस्तै, मतदाता नामावली छपाईमा ९० हजार, प्रचार सामग्रीमा २ लाख १० हजार, सामग्री ढुवानीमा २० हजार, कार्यालय सञ्चालनमा २ लाख प्रतिनिधि परिचालनमा २ लाख ५० हजार, प्रचारप्रसारमा ४० हजार, सामाजिक सञ्जालमा १० हजार र बिबिध खर्च १ लाख ३४ हजार भएको पाध्याले बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका केसीलाई निर्वाच खर्च जुटाउन जिल्लाभर रहेका बिभिन्न कमिटिहरुले सहयोग गरेका थिए । त्यस्तै, देश विदेशमा रहेका शुभचिन्तक र केसी परिवारबाट समेत निर्वाचन खर्च सहयोग प्राप्त भएको पाध्याले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->