तनहुँ / तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । ४६ हजार ६७ मत गणना हुँदा उनले २३ हजार ९६६ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उमेदवार भट्टराई वाग्लेभन्दा १० हजार १५४ मतले पछि परेका छन् । नेकपा (एमाले)का उमेदवार सर्वेन्द्र खनालले ६ हजार ७९५ मत प्राप्त गरेका छन् ।





