बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कावासोतीबाट दुर्गा प्रसाईको उद्घोष : बैशाख २५ गते देशैभरका वित्तीय संस्थाहरुमा एकैदिन ताला लाग्छ

कावासोतीबाट दुर्गा प्रसाईको उद्घोष : बैशाख २५ गते देशैभरका वित्तीय संस्थाहरुमा एकैदिन ताला लाग्छ


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

नवलपुर/दुर्गा प्रसाईंले देशैभरका वित्तीय संस्थाहरुमा एकैदिन ताला लगाउने उद्घोष गरेका छन् । नवलपुर सदरमुकाम कावासोतीमा आयोजित कार्यक्रममा प्रमुख बक्ताका रुपमा बोलेका प्रसाईंले बैशाख २५ गते देशैभरका बैक, सहकारी, लघुबित्तमा ताला लगाउने चेतावनी दिएका हुन् ।

उनले वित्तीय संस्थाहरुले ऋणीहरुलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लगाए । प्रसाईले ऋण लिएका चेलीहरुलाई शरीरका अंग बेचेर भए पनि ऋण असुली गर्न दवाव दिदा धेरै नेपाली चेलीहरु यौन शोषणमा परेको समेत खुलासा गरेका छन् । त्यति मात्र नभएर मरेपछि भए पनि ऋण असुली गर्ने धम्की र मर्नसम्म बाध्य पारिएको उनले आरोप लगाएका हुन् । यि वित्तीय संस्थाहरुले ऋणीको बीमाबाट भए पनि कर्जा असुली गर्ने एउटै उदेश्य राखेर मर्नसम्म बाध्य पारेको रहस्योद्घाटन गरे ।

उनले लघुबित्त र सहकारीलाई तुरुन्तै राष्ट्रियकरण गर्न माग गर्दै सवै ऋण मिनाहा गर्न माग गरे । उनले बैकको हकमा भने २० लाख भन्दा माथीको ऋणमा ५ वा ६ प्रतिसत भन्दा बढी नहुने गरी ब्याजदर कायम गर्न पनि माग गरेका छन् । उनले भने– बैकको ऋण तिनुपर्छ हामीहरुले धितो राखेर लिएको ऋण हो तर ब्याजदर महंगो भयो ६ प्रतिसत वा ५ प्रतिसत भन्दा बढी ब्याज तिर्न सक्दैनौं ।

उनले आफुले थालेको आन्दोलन शुरु नभएको भए बैंकहरु अहिले ब्याजदर २२ प्रतिसत पुर्याउन बैक सञ्चालक र गभर्नर समेतले योजना बनाइसकेको खुलासा गरेका छन् ।
उनले एक्काईसौ शताब्दीमा आफु जनताका लागि गास, बास र कपास खोज्दै हिड्नुपरेको दुखेसो पोखे । उनले भने– “आज अमेरिका चन्द्रमामा घर बनाउन खोज्दैछ, दुवईले आफ्नै चन्द्रमा, चाईनाले आफ्नै सौर्यमण्डल बनाउन थाल्यो हाम्रो देशका गरीव जनताहरुका गास, बास, कपास लुटे सामन्तीहरुले ।” उनले भुईमान्छे र सर्वहारा भन्न सिकाउने केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डलाई यो भन्दा बढी सर्वहारा वर्ग अर्को कुनै छ भने देखाईदिन चुनौती दिए ।

फरक प्रसंगमा प्रसाईले आफु बास्तविक कम्युनिष्ट भएको जिकिर गर्दै सर्वहारा र गरीव जनताको पक्षमा आवाज उठाउँदा एमालेभित्र अट्न नसकेको बताए । पार्टीको केन्द्रीय सदस्यमा रहँदा आफुलाई कार्वाही गर्ने थाहा पाएपछि त्यसअघि नै सम्पूर्ण जिम्मेवारी त्यागेर जनताको सुरक्षा कवच बन्ने बाचाका साथ महाअभियानको नेतृत्व गरेको स्पष्ट पारे ।

कार्यक्रममा कालोमोसो अभियानका केन्द्रीय संयोजक शम्भु थापा, महाअभियानका केन्द्रीय अभियन्ता एवं नवलपुर जिल्ला सल्लाहकार यदुनाथ सिग्देल लगायतले वित्तीय संस्था विरुद्धको आन्दोलन र यो महाअभियानमा ऐक्यवद्धताका निम्ति अपिल गरेका थिए ।

महाअभियानका जिल्ला कार्य समितिका संयोजक प्रदिप बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वित्तीय संस्थाका ऋणी र आफुहरुलाई पिडतिको हवाला दिने प्रतिनिधिमूलक सहभागीहरुले मञ्चवाटै आफ्ना पीडा सुनाएका थिए ।

यसैबीच, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियान्ता प्रसाईले कावासोतीको हलचोकमा स्थापित जिल्ला कार्य समितिको सचिवालय स्तरीय कार्यालयलयको रिवन काटेर उद्घाटन गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->