शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आगलागी नियन्त्रणमा मृत्यु भएको परिवारलाई सहयोग

आगलागी नियन्त्रणमा मृत्यु भएको परिवारलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

स्याङ्जा/ कालीगण्डकी गाउँपालिकाले आगलागी नियन्त्रणका सिलसिलामा घाइते भइ मृत्यु भएको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
स्याङ्जाको वडा नं २ मा आगालागि नियन्त्रणमा वडा नं ३ का इन्द्र थापाको जलेर गते वैशाख ६ गते उपचारको क्रममा बर्न अस्पताल काठमाडौमा मृत्यु भएको थियो ।
गाउँपालिकाले आगोले जलेर मृत्यु भएका थापाको परिवारलाई एक लाख रुपियाँ सहयोग गरेको हो ।

चैत २९ गते वडा नं २ जंगल लागेको आगो बस्तीमा पुग्न थालेपछि नियन्त्रणका गर्ने क्रममा आगोले थापा जलेर घाइते भएका थिए ।मृतक थापाको छोरी जस्मिन थापालाई गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले सहयोग हस्तान्तरण गरेका हुन् । परिवारका मुख्य मान्छेको गाउँ बचाउन खोज्दा निधन भएको र आर्थिक अवस्था पनि कमजोर भएकाले सहयोग गरेको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->