बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकीमा मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरत

गण्डकीमा मन्त्रिपरिषद्लाई पूर्णता दिने अन्तिम कसरत


  • ढोरपाटन संवाददाता
  • बैशाख २८ २०८०, बिहिबार

पोखरा/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे सरकारलाई पूर्णता दिने अन्तिम कसरतमा जुटेका छन् । योजना आयोगमा उपाध्यक्ष नियुक्त गरेसँगै उनले सत्ता साझेदार दलसँग अन्तिम परामर्शमा जुटेका हुन् । वैशाख १५ गते दुई विना विभागीयमन्त्रीसँगै सपथ लिएका पाण्डेमाथि मन्त्रिपरिषद्को पूर्णता र मन्त्रालय बाँडफाट छिटो टुंग्याउनुपर्ने दायित्व छ ।

नेपाली कांग्रेसबाटै मन्त्रीका आंकाक्षाीहरु बढी भएपछि र सत्ता साझेदार माओवादीले तीनवटा मन्त्रालयको माग गरेपछि उनी दवाबमा परेका थिए । मन्त्री छान्न सकस भएपछि उनी शीर्ष नेतृत्वसँग छलफल गर्न काठमाडौं पुगेका थिए ।

‘धेरै कुरा मिलिसकेको छ, आज–भोलिमै मन्त्रिपरिषद्ले पूर्णता पाउला । जिम्मेवारी बाँडफाट होला । माओवादीले यहाँ भौतिक र सामाजिक विकास मन्त्रालय मागेको छ, कसलाई सरकारमा पठाउने भन्ने निर्णय उहाँ (माओवादी) कै हो,’मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

कांग्रेसबाट भने लमजुङका टकराज गुरुङ, नवलपुरका महेन्द्रध्वज जिसी र बागलुङका जीत शेरचन वा डिल्ली सुवेदी र मन्त्री बन्ने सम्भावना छ । सामाजिक विकास मन्त्रालय कांग्रेसले पाए डिल्लीको सम्भावना बढी भएको स्रोतले बतायो । ‘यो पटक मुख्यमन्त्रीमाथि काम गरेर देखाउने जिम्मेवारी छ,त्यसैले काम गर्नसक्ने मान्छे छान्ने मुडमा उहाँ देखिनुभएको छ,’स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->