स्याङ्जा/ सिद्धार्थ राजमार्ग सडक खण्डकोराम्दीस्थित कालीगण्डकी नदीमाथिे नमूना फुल बन्ने भएको छ । गण्डकीको स्याङजा र लुम्बिनीको पाल्पा जोड्ने सो पुल आर्क थु्र डिजाइनको हुनेछ ।
आर्क अर्थात् धनुषजस्तो हुने भएकाले यसलाई आर्क ब्रिज भनिएको हो । यो पुललाई धान्नको लागि बीचमा पिल्लर राखिँदैन । यस्तो पुलमा वारपार नै आर्क ( धनुष ) राखिन्छ भने माथिल्लो भागमा पनि बाङ्गो धनुष हुन्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ ।राम्दीमा बन्ने मोटरेबल पुल अमेरिका र थाइल्याण्डमा काम गरेका नेपाली इञ्जिनियरहरुले डिजाइन गरेका हुन् । पुल १०८ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने पुल सेक्टर पोखराका प्रमुख नवराज बास्तोलाले जानकारी दिए ।
नयाँ बन्न लागेको पुल २०२८ सालमा बनेको अहिले भइरहेकोट्रस ब्रिजभन्दा १५ मिटर बढीलम्बाई रहेको हो । अहिले रहेको पुलसँगै जोडेर पूर्वपट्टिनयाँ आर्क थु्र पुल निर्माण हुने बास्तोलाको भनाइ छ ।
उनका अनुसार २०७९ असार ३० गते तीन बर्षमा सक्ने गरी हिम सगरमाथा प्रालि चितवनले ढेक्का सम्झौता गरेको भएपनि डिजाइन समयमै नबन्दा निर्माणमा ढिलाइ भएको हो । २७ करोड ७१ लाखरुपैयाँमा पुलको ठेक्का सम्झौता भएको छ । निर्माण ब्यवसायीले सम्झौता गरेको हो । नयाँ पुल निर्माणमा सम्झौताको नौ महिना कटे पनि पुल एक मात्र स्पानमा रहेकाले समयमै सकिने बास्तोलाले दाबी गरे ।
अहिले संचालनमा रहेको पुल जीर्ण हुँदासवारी साधन ओहोरदोहोरमा समस्या उत्पन्न भएको छ । पुल जीर्ण भइ जोखिम थपिँदा १५ टन भन्दा बढी क्षमताका सवारी साधनलाई अहिलेको पुलबाट आवत–जावतमारोक लगाइएको छ । अहिले रहेको पुल २०२२ सालमा निर्माण थालनी भै २०२८ सालमा सम्पन्न भएको थियो भने पुलको तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेका थिए ।





