बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

खादा माला नल्याउन मन्त्री जुग्गालीको आग्रह

खादा माला नल्याउन मन्त्री जुग्गालीको आग्रह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १ २०८०, सोमबार

पोखरा/ गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थापन मन्त्री रेशमबहादुर जुग्जालीले शुभकामना दिन आउनेहरुलाई खादा र माला नल्याउन आग्रह गर्नुभएको छ ।

म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक समेत रहेका जुग्जालीले शुभकामना दिन आउनेहरुलाई माला र खादाको प्रयोग नगर्न आग्रह गरेका हुन् । उनी दोस्रोपटक मन्त्री बनेका हुन् ।

खादाको प्रयोगले वातावरण प्रदुषित हुने र अनावश्यक वस्तुमा फजुल खर्च हुने भएकाले यस्तो निर्णय गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । शुक्रबार पद तथा गोपनीयताको सपथ र कार्यभार सम्हाल्नु भएका जुग्जालीले प्रादेशिक सडकहरुको गुरुयोजना तयार पार्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->