पोखरा/पोखरा ८ मा रहेको सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरू बिच अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) बाट निलो सदनले प्रथम स्थान र हरियो सदनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । आधारभूत तहतर्फ कक्षा (६ देखि ८ सम्म) रातो सदनले प्रथम स्थान र पहेँेलो सदनले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् ।
त्यसैगरी कक्षा १ देखि ५ सम्म गन्ती दौड प्रतियोगिता (सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी विद्यार्थीहरुको प्रतिभालाई कक्षागत रूपमा मूल्याङ्न गरी विजेता घोषित गरिएको कुरा विद्यालयकी पूर्व प्राथमिक इन्चार्ज कुमारी भिम गुरुङले जानकारी दिइन् । युवा रेडक्रस सर्कल, सृजना आमाविको व्यवस्थापनमा ती कार्यक्रम सम्पन्न भएका हुन् ।





