बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सर्वसाधारण नागरिक स्वागत गर्ने आतुर पोखराको रत्न मन्दिर

सर्वसाधारण नागरिक स्वागत गर्ने आतुर पोखराको रत्न मन्दिर


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १४ २०८०, आइतबार

पोखरा/फेवातालसँगै जोडिएको पोखराको रत्न मन्दिर जेठ १५ गते अर्थात गणतन्त्र दिवसका अवसरमा भोलीबाट नागरिकका लागि खुल्दैछ । त्यसकै लागि अहिले सजावटको काम चल्दैछ । त्यहाँ खटिएका कर्मचारीहरु मर्मतसम्भार गरी फुल रोप्दै छन । सर्वसाधारण प्रवेशका लागि अन्तिम तयारी भइरहेको छ ।

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले पोखरा आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्वमा छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->