शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मुदीमा जन्मदर्ता अभियान

मुदीमा जन्मदर्ता अभियान


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १५ २०८०, सोमबार

बेनी/ जन्मदर्ता गराउन म्याग्दीको धवलागिरी गाउँपालिकामा अभियान सुरु गरिएको छ । विद्यालय उमेर समुहका बालबालिकाको समेत जन्मदर्ता नगर्ने भेटिएपछि घरघरमा गइ तथ्याङ्क सङ्कलन गर्न सो अभियान थालिएको हो ।धवलागिरि गाँउपालिका, वडा नं ४ मुदीको समन्वय र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र संगम म्याग्दीको आयोजनामा जन्मदर्ता अभियान बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्नु पर्ने सन्देशसहित दर्ता अभियान सञ्चालन गरिएको हो ।

विशेषगरि उमेर नपुगी बिवाह गरेका दम्पती, विवाहपछि सम्वन्धमा खटपट परेका जोडी तथा अन्य विविध कारणले विवाह दर्ता नभएका अभिभावकहरुबाट कानुनी उल्झन तथा अन्य डरका कारण बालवालिकाको जन्मदर्ता नगरेको पाइएको वडा अध्यक्ष यामबहादुर घर्तीले बताए ।

अभियानबाट व्यक्तिगत घटनाहरु ३५ दिनभित्र गर्दा शुल्क नलाग्ने र त्यसपछि दर्ता शुल्क लाग्ने सहित जन्मदर्ताको महत्वका बारेमा अभिभावकलाई जानकारी दिइएबे वडा सचिव रोहन रावलले वताए । अभियान अन्तरगत बुद्धिविकास माविका विद्यार्थी, अभिभावक, शिक्षक, वडाभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

मुदीभित्रका दुर्गम बस्तीका बालबालिकाको जन्मदर्ता नभएको अवस्थामा घरदैलोमा पुगेर समेत सेवा दिने बताइएको छ । अभियान अन्तरगत मुदी गाउँभित्रका ६ जनाले जन्मदर्ता गराएका थिए । बालश्रम र बालविवाह न्यूनीनकरण गर्नका लागि जन्मदर्ता महत्वपूर्ण छ । बालविवाह गर्ने तथा गराउनेलाई कानूनी दायरामा ल्याउन जन्मदर्ता अभियानबाट मद्धत पुग्ने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->