आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

२३ वडा हाँक्ने कांग्रेस नै सूचनाको भोको

२३ वडा हाँक्ने कांग्रेस नै सूचनाको भोको

सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गरी पोखरा महानगरपालिकासँग माग्यो विभिन्न सूचनाहरु ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८०, मंगलबार

पोखरा/ नेपाली कांग्रेस पोखरा महानगर समितिले महानगरसँग विभिन्न सूचनाहरु माग गरेको छ । महानगरका जनप्रतिनिधिहरुको एकवर्षे कार्यकाल सकिएको र चुनावको बेला जारी ‘पाँच दलीय गठबन्धनको पोखरा महानगरपालिका संयुक्त निर्वाचन घोषणा पत्र २०७९’का प्रतिवद्धता अनुसारको कामको समीक्षाको लागि सूचना आवश्यक परेकाले सूचना मागिएको उपसभापति भवसागर बरालले बताए ।

पोखरा महानगरका २३ वडामा कांग्रेसका अध्यक्ष छन् । कांग्रेस पोखरा महानगर समितिले आर्थिक वर्ष २०७९/०८० का लागि मिति २०७९ असार ८ गते बसेको, पोखरा महानगरपालिका ११औं नगर सभाबाट पारित बजेट, नीति तथा कार्यक्रम र निर्णयहरु, १२ औं नगर सभाबाट पारित संसोधित बजेट तथा कार्यक्रम र निर्णयहरु, महानगरपालिकाकोे विशेष नगर सभाबाट पारित बजेट, कार्यक्रम तथा निर्णयहरु, दातृ निकाय आर्थिक सहयोगका लागि वा कुनै योजना तथा कार्याक्रमको लक्ष्य राखि वा नराखी गरेको कुनै सन्धी सम्झौता भए सो सम्मmौत पत्र, सरकारी कम्पनी वा अन्य कुनै समूह वा समुदाय वा व्यक्तिसँग भएका सम्मmौता गरेको बहुवर्षीय तथा सालबसाली योजना तथा कार्याक्रमको सूची र सो सम्मmौताको प्रतिलिपी पनि मा गरेको छ । सचिव गणेशबहादुर थापाका अनुसार नेपाली कांग्रेसकाबाट निर्वाचित वडा अध्यक्ष तथा सदस्यहरुलाई नगरबासीप्रति थप उत्तरदायी र बफादार भइ काम गर्ने निर्देशन गर्नका लागि भन्दै कांग्रेसले नेपालको संविधान को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ दफा (३) र (७) अनुसार सूचना मागिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->