बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

स्याङ्जा जिल्लाको गलेममा बस पुगेपछि स्थानीयमा खुसियाली

स्याङ्जा जिल्लाको गलेममा बस पुगेपछि स्थानीयमा खुसियाली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १८ २०८०, बिहिबार

स्याङ्जा /जिल्लाको फेदीखोला गाउँपालिका – ४ गलेममा पहिलोपटक बस पुगेपछि स्थानियमा खुसीयाली छाएको छ ।

सर्केटारी–आरुखर्क–गलेम–पञ्चासे ग्रामीण सडक खण्डको आरुखर्क–गलेमको २.८ किलोमिटर बाँदर हिँड्न नसक्ने भीर काटेर गाउँमा गाडी पु¥याइएको हो । सर्केटारीबाट साढे छ किलोमिटरको यात्रा पश्चात गलेम पुग्न सकिन्छ । सडक बनेसँगै पञ्चासे पुग्न १३ किलोमिटरको छोटो बाटो यही भएको छ ।

२०६८ सालमा स्थानीयले भीर कटान थालेका थिए । संघीयताछिको पालिकाले बाटोलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको थियो । गण्डकी प्रदेशको ८६ लाख ६२ हजार, क्षेत्र विकास कोषबाट ३८ लाख ६० हजार, स्थानीनको ८० लाख, गाउँपालिकाको २५ लाख गरी कुल दुई करोड ३० लाख २२ हजारमध्ये एक करोड ५६ लाख ६३ हजारको लागतमा भीर फोरिएको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । ट्रयाक खोल्ने काम २०७५ मा सकिएको समान्य रुपमा जिप गाउँमा पुगेपनि पालिकाले सडकको थप स्तरोन्नति गरेसगै गाउँमा बस पुगेको सुवेदीको भनाइ छ ।गलेममा जन्मेर पोखरा १७ घारिपाटनमा बस्दै आएका भएका क्या.इन्द्रबहादुर गुरुङले बस चडेर जन्मथलो पुग्दा सपना जस्तै भएको बताए ।

डरलाग्दो भीर छिचोलेर गलेमसम्म गाडी आउला भन्ने नसोचेको बताउदै गुरुङले विपनामा गाडीमा यात्रा गरेर गाउँमै आउन पाउँदा हर्षको सिमा नरहेको सुनाए ।

बाटोको ट्याक खुलेपछि गलेम, राँपु र खामुहालेका जनता प्रत्यक्ष रुपमा लाभान्वित भएको बताउदै वडाध्यक्ष खेमनारायण पौडेलको भनाइ छ । उनले गण्डकीकै महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धामका रुपमा रहेको पञ्चासेसँग सडक जोडिने बताउँदै सडकको स्तरोन्नतिमा प्रदेश सरकारको चासो दिनुपर्ने धारणा राखे पर्यटकीय तथा कृषि उत्पादनको  सम्भावना बोकेको  गलेम, रापु, खामआहाले, टुचेका सयौँ घरधुरी मोटरबाटो नहुदाँ अन्यत्र ठाउँमा विस्थापित भएका थिए । यहाँका चार वटा गाउँका पाँच सय घरधुरी र दुई हजार भन्दा बढी नागरिकले बाटोबाट लाभ लिनेछन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->