पोखरा/ पोखरा ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलापअन्तर्गत चित्रकला प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा रहेको युवा रेडक्रस सर्कलको व्यवस्थापनमा भएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा माध्यमिक तह (कक्षा ९ र १०) बाट प्रनिशा दाहाल, सोनिया सुवेदी, ललिता पौडेल र रोनिस्का श्रेष्ठले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त गरे । त्यसैगरी (कक्षा ६ देखि ८ सम्म) प्रतिक्षा श्रेष्ठ, कृष बानिया, स्मृति लम्साल र मोहित घतानेले क्रमशः पहिलो,दोस्रो र तेस्रो भए । कक्षा ४ र ५ अन्तर्गत अक्षतमान गुभाजू, पे्रक्षा राई, निश्चिल पोख्रेल र आर्जन पौडेलले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान प्राप्त विद्यालयकी मिडिया इन्चार्ज सुजता थापाले जानकारी दिइन् ।





