
पोखरा/ नेपाल रेडक्रस शोसाइटी पोखरा, २९ , ३० उपशाखाको आयोजनामा मंगलबार एक दिने निशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
हिमालय आँखा अस्पताल, घारीपाटन, पोखराको सहकार्यमा र पोखरा ३० राम मन्दिरको भवनमा सञ्चालित शिविरमा सो क्षेत्रका ५ सय ७१ जना बढी सर्वसाधारणले आँखा परीक्षण गराएका छन् ।
आँखामा मोतियाविन्दुको समस्या देखिएको र धेरै जसोमा आँखामा पानीको कमीका कारण सुख्खापन भई आँखा चिलाउने, टाउको दुख्ने जस्ता समस्या देखिएको आँखाको औषधि चश्मा र मोतियाविन्दु भएकालाई रेडक्रसद्धारा अप्रेसन गर्नेलाई निशुल्क उपाचको व्यवस्था समेत गरीने नेपाल रेडक्रस सोसाइटी पोखरा २९, ३० शाखाका सभापति विश्वमोहन पौडेलले बताए ।
शिविरमा हिमालाय आँखा हस्पिटल पोखराको प्राविधिक सहयोगमा अस्पतालका आँखा सम्बन्धि चिकित्सकहरु डा. रुपसिंह बोहोरा, गरिमा र्लौडारी, स्नेहा पाण्डे, साधना मजाकोटी, रुष्मा गुरुङ् र दिपक मल्ल लगायत आधा दर्जन बढी स्वास्थ्यकर्मीहरुले प्रत्यक्ष सेवा दिएका थिए । शिविरमा औषधी तथा चश्मा समेत निशुल्क वितरण गरिएको थियो ।
शिविरमा पोखरा २९,३० उपशाखाका सचिव रामचन्द्र पौडेल, सदस्य थानेश्वर न्यौपाने, र जिल्ला रेडक्रसका कोषाध्यक्ष सन्तोष अधिकारी र रेडक्रसका सदस्यहरु लगायतको समेत उपस्थिति रहेको थियो ।
शिविरमा ५ सय ७१ जना सर्वसाधारणले आँखा जाँच गराएका मध्ये ७ जनाका मोतिविन्दुको निशुल्क उपचारको लागि हिमालय आँखा अस्पताल पोखरामा गरिने जानकारी डा. रुपसिंह बोहोराले जानकारी दिए ।





