पोखरा/ गण्डकी प्रदेश सरकारले सबै घरमा विजुली पुर्याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने भएको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पहिलो निर्णय नै २ वर्षभित्र उज्यालो प्रदेश बनाउने गरेको थियो ।
तर, अहिलेसम्म पनि सरकारले त्यो लक्ष्य भेटाउन सकेको छैन । अब भने सबै यसमा बुजुली पुर्याएर यसै वर्ष उज्यालो प्रदेश घोषणा गर्ने बजेटमार्फत गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् ।
विद्युत सेवा नपुगेका घरमा सौर्य ऊर्जा पुर्याउने आलेले बताए । अहिलेसम्म करिब ९८ प्रतिशतको पहुँचमा विजुली पुगेको सरकारको भनाइ छ ।
प्रदेशका सबै घर परिवारलाई आधारभूत खानेपानी पुर्याउने पनि सरकारले जनाएको छ ।
खानेपानी आयोजनाको कार्यान्वयन र दीगो सञ्चालन, पुरानो व्यवस्थापन र नयाँ निर्माणका लागि २ अर्ब ७० करोड बिनियोजन भएको छ । यसबाट ३६ हजार धारा जडान हुने आलेको भनाइ छ ।





