बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङमा भारतीय चलचित्र नचलाउन नगरप्रमुख श्रेष्ठको आग्रह

बागलुङमा भारतीय चलचित्र नचलाउन नगरप्रमुख श्रेष्ठको आग्रह


  • ढोरपाटन संवाददाता
  • असार ४ २०८०, सोमबार

बागलुङ/ विवादित संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’को संवाद सच्याउन माग गर्दै बागलुङको बागलुङ नगरपालिका भित्र कुनैपनि भारतीय चलचित्र प्रदर्शन नगर्न नगरप्रमुख बसन्तकुमार श्रेष्ठले आग्रह गरेका छन् । राष्ट्र र राष्ट्रियताका सवालमा कुनै सम्झौता नहुने भन्दै श्रेष्ठले नगरभित्र रहेका चलचित्र हलहरुलाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका हुन् ।

नगरप्रमुख श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘राष्ट्रियताको सन्दर्भमा कुनै सम्झौता हुँदैन । भारतीय चलचित्र ’आदिपुरूष’ मा नेपालि बिभुति जानकी ’सिता’ को सन्दर्भमा भएको बिवादास्पद अभिव्यक्ति नसच्चिए सम्म बागलुङ नगरक्षेत्रको सिनेमा हलमा कुनै पनि भारतीय चलचित्र प्रदर्शनका लागि रोक लगाइएको छ ।

कुनै पनि देशको राष्ट्रियता र सार्वभौमिकताका सन्दर्भमा अध्ययन गर्न र शंवेदनशिल बनेर चलचित्र निर्माण गर्नुहुन निर्माता तथा सम्वन्धित सबैलाई जानकारी गराइन्छ ।’ बागलुङमा एउटा मात्रै सिनेमा घर छ । बागलुङ नगरपालिका भित्रै रहेको उक्त सिनेमा घरमा भारतिय सिनेमा प्रदर्शनमा रोक लगाईएपछि जिल्लाभर भारतीय सिनेमा देखिने छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->